+
+
Shares

ओली र प्रचण्डबीच डेढ घण्टा कुराकानी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २४ गते १४:४८

२४ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न प्रचण्ड बुधबार विहान ११ बजे बालुवाटार पुगेका थिए । उनीहरुबीच करिब डेढ घण्टा कुराकानी भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समयम स्थायी कमिटीमा दुई छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका नेकपाका अध्यक्षद्वयबीच सम्बन्ध बिग्रिएको छ । उनीहरुबीच २५ दिनपछि गत मंसिर २१ गते एक्लाएक्लै भेट भएको थियो । त्यसपछि बुधबार भेटेका हुन् ।

ओलीले प्रचण्डले पेश गरेको दस्तावेज प्रतिवेदन नभई आरोपपत्र मात्र भएको र यस विषयमा पार्टी कमिटीमा छलफल गर्न नसकिने बताउँदै आएका छन् । उनले प्रचण्डको प्रस्तावमा छलफल नगर्न स्थायी कमिटीलाई समेत पत्र पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?