Comments Add Comment

अस्ट्रेलियामा मार्च १७ सम्म अन्तर्राष्ट्रिय भ्रमणमा प्रतिबन्ध

२४ मंसिर, काठमाडौं । अस्ट्रेलियाले आगामी मार्च १७ सम्म अन्तर्राष्ट्रिय भ्रमणमा लगाइएको प्रतिबन्ध कायम राख्ने निर्णय गरेको छ । अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि लगाएको अन्तर्राष्ट्रिय भ्रमणमा प्रतिबन्धको समय तीन महिना थप गर्ने निर्णय गरेको हो । अस्ट्रेलियाको सरकारले हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटीको परामर्शअनुसार तीन महिना प्रतिबन्धको निर्णय गरेको हो । यो अवधिमा अन्तर्राष्ट्रिय पर्यटकहरु अस्ट्रेलिया जान पाउँदैनन् ।

कोरोनाविरुद्धको खोप आइसकेको भए पनि अझै बाहिरी मुलुकहरुबाट अस्ट्रेलियामा कोरोना संक्रमण फैलिने जोखिम धेरै रहेको भन्दै बाहिरी मुलुकका मानिसहरुलाई लगाइएको प्रतिबन्ध जारी राख्ने निर्णय गरेको हो । अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले अहिले धेरै राज्यहरुमा कोरोना संक्रमण बढिरहेको बताए । उनले अहिले अस्ट्रेलियाको लागि अन्तर्राष्ट्रिय समुदाय चुनौतीपूर्ण रहेको भन्दै अन्तर्राष्ट्रिय समुदाय सुरक्षित नहुँदासम्म अस्ट्रेलिया सुरक्षित हुन नसक्ने बताए ।

अस्ट्रेलियाका मानिसहरुले पनि कुनै विशेष अवस्थामा मात्र मुलुक छाड्न सक्नेछन् । गत मार्चयता अहिलेसम्म ९५ हजार ३२५ जना मानिसहरुले अस्ट्रेलिया छाडिसकेका छन् ।

स्रोत : द अस्ट्रेलियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment