+
+
Shares

नेकपा नेता कमान सिं लामाको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १२:५८

२५ मंसिर, काठमाडौं । नेपाल कम्यिनस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमान सिं लामाको कोरोना भाइरस संक्रमणबाट बिहीबार विहान निधन भएको छ । ६९ वर्षका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

२०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका लामा २०३५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य बनेका थिए र

२०६३ सालमा पुनर्स्थापित संसद सदस्य रहेका लामाले केही समय दक्षिण कोरियाका लागि नेपाली राजदूतको रुपमा पनि काम गरे । लामा हाल नेकपाको आदिवासी जनजाति संगठन आदिवासी जनजाति महासंघ, नेपालका सहइन्चार्ज थिए । लामाका दुई श्रीमती, १ छोरा र ४ छोरीहरु छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न लामाको अभाव महसुस हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?