Comments Add Comment

चीनविरोधी नीतिको रुपमा प्रयोग हुँदैछ भारत : रुस

Photo Credit : AP

२५ मंसिर, काठमाडौं । रुसका विदेशमन्त्री सर्गेइ लभरोभले भारत पश्चिमा मुलुकहरुको चीनविरोधी नीतिका लागि प्रयोग भइरहेको बताएका छन् । उनको क्वाड समूहको विषयमा कडा प्रतिक्रिया दिँदै लोभरोभले भारत पश्चिमी मुलुकहरुको चीनविरुद्धको ‘निरन्तर, आक्रामक र छलपूर्ण’ नीतिका लागि प्रयोग भइरहेको बताएका हुन् । मंगलबार भएको रुसी इन्टरनेशनल अफेयर्स काउन्सिलको बैठकमा लोभरोभले यस्तो बताएका हुन् । लोभरोभले भनेका छन्, ‘पश्चिमा मुलुक एकध्रुवीय विश्व बनाउन चाहन्छन् । तर रुस र चीन उनीहरुको मातहतमा हुने सम्भावना निकै कम छ । भारत भने अहिले पनि इन्डो प्यासेफिक क्षेत्रमा तथाकथित क्वाडजस्ता पश्चिमी देशको चीनविरोधी नीतिको रुपमा प्रयोग भइरहेको छ ।’

रुसी मन्त्रीले पश्चिमा मुलुकहरु भारतसँगको रुसको नजिकको सम्बन्धलाई कमजोर पार्ने प्रयासमा रहेको बताएका छन् । रुसी विदेशमन्त्रीले यसअघि पनि क्वाडमा आबद्ध अमेरिका, जापान, अष्ट्रेलिया र भारतको आलोचना गर्दै आएका छन् । भारतले भने चीनसँगको निकट सम्बन्धको कारण रुसले क्वाडको आलोचना गरेको बताउँदै आएको छ ।

स्रोत : इन्डियन एक्सप्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment