+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

गेट्स फाउण्डेसनले कोरोना नियन्त्रणका लागि थप २५ करोड डलर दिने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १६:३४
बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनकी संस्थापक मेलिन्डा गेट्स

२५ मंसिर, काठमाडौं ।  बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि थप २५ करोड डलर सहयोग गर्ने भएको छ ।

बिहीबार फाउण्डेसनले कोरोना परीक्षण, उपचार र खोपका लागि उक्त सहयोग घोषणा गरेको हो । फाउण्डेसनले सन् २०२१ मा कोरोनासँग सम्बन्धित सबै वैज्ञानिक आविष्कारहरु आवश्यक भएका सबै मानिसमा पुर्‍याउने विश्वव्यापी प्रतिबद्धता पूरा गर्न पनि सबैसँग आग्रह गरेको छ ।

फाउण्डेसनकी संस्थापक मेलिण्डा गेट्सले विश्वका प्रमुख नेताहरुले कोरोना परीक्षण, उपचार र खोप आपूर्तिको लागि चाल्ने कदममा यो महामारी नियन्त्रणमा आउने वा नआउनेमा भर पर्ने बताएकी छिन् ।

उनका अनुसार अहिले घोषणा गरिएको घोषणा कोषको प्रयोग अहिले विकास भइरहेका वैज्ञानिक आविष्कार, उपचार र खोपको लागि प्रयोग गरिनेछ । यो कोषले मध्यम तथा निम्न आय भएका मुलुकमा परीक्षण, उपचार र खोप उपलब्ध गराउन सहयोग पुग्ने फउण्डेसनको विश्वास छ ।

यससँगै फाउण्डेसनले कोरोना महामारीको नियन्त्रणको लागि गरेको सहयोग एक अर्ब ७५ करोड डलर पुगेको छ । अहिले केही कम्पनीहरुले खोप विकास गरेको भए पनि धनी मुलुकहरुले धेरै मात्रामा खोप खरिद गरिसकेकाले पर्याप्त मात्रामा मध्यम तथा निम्न आय भएका मुलुकमा खोप पुग्ने सम्भावना निकै कम रहेको विशेषज्ञहरुले बताएका छन् । उक्त मुलुकहरुको सहयोगका लागि गेट्स फाउढडेसनले सहयोग गर्दै आएको छ ।

स्रोत : फोर्ब्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?