Comments Add Comment

फ्रान्सले ल्यायो कट्टर मुस्लिमलाई लक्षित गर्दै नयाँ कानुन

२५ मंसिर, काठमाडौं । फ्रान्सको क्याबिनेटले ‘कट्टर इस्लाम’लाई लक्षित गर्दै नयाँ विधेयक पारित गरेको छ । पछिल्लो समय अतिवादीहरुले गरेको विभिन्न आक्रमणको कारण फ्रान्सले यो कदम उठाएको हो । यो विधेयकमा होम स्कुलिङ र घृणा फैलाउने अभिव्यक्तिमा रोक लगाइने उल्लेख छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों लामो समयदेखि आफ्नो मुलुकमा धर्मनिरपेक्षको बचाउ गर्दै आएका छन् । यद्यपि आलोचकहरुले भने फ्रान्सले कुनै धर्मलाई लक्षित गरेको आरोप लगाउँदै आएका छन् ।

फ्रान्सका प्रधानमन्त्री जिन केस्टेक्सले यसलाई ‘संरक्षण दिने कानुन’ भएको बताएका छन् । यसले मुसलमानहरुको अतिवादबाट मानिसहरुलाई बचाउने उनको भनाइ छ । उनले यो कानुन कुनै पनि धर्म र मुसलमानको विरुद्धमा भने नरहेको बताएका छन् । फ्रान्सले ल्याएको नयाँ कानुनमा कुनै पनि मानिसको व्यक्तिगत जानकारीलाई गलत मनसायबाट प्रेरित भई इन्टरनेटमा उजागर गर्नमा पनि प्रतिबन्ध लगाउने उल्लेख छ । गत अक्टोबरमा फ्रान्समा पैगम्बर मोहम्मदको कार्टुन देखाएकोमा ४७ वर्षीय एक शिक्षकको हत्या भएको थियो । अनुसन्धानको क्रममा उनीविरुद्ध अनलाइन अभियान चलाइएको पाइएको थियो ।

यो कानुनमा बहुविवाहमा रोक लगाउने र बहुविवाह गर्ने मानिसलाई आवासको सुविधा नदिने उल्लेख गरिएको छ । साथै युवतीहरुको कुमारीत्व जाँच गर्ने डाक्टरमाथि पनि जरिवाना लगाउने उल्लेख गरिएको छ । फ्रान्सको यो कानुनको धेरै मुस्लिम राष्ट्रहरुले आलोचना गरेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment