+
+
Shares

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १९:४४

२५ मंसिर, वीरगञ्ज । पर्सामा कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई सम्मानित गरिएको छ । वीरगञ्ज हेल्थ केयर हस्पीटलले पर्साका प्रहरी उपरीक्षक गंगा पन्त लगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारी तथा जवानहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक दिपक साह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कुशल बर्तौला, विपद व्यवस्थापन गुल्म वीरगञ्जका प्रहरी निरीक्षक सरोज प्रजापती, प्रहरी सहायक निरीक्षक अरविन्दकुमार सिंह, वडा प्रहरी कार्यालय विर्ता, इलाका प्रहरी कार्यालय पोखरीया, पटेर्वासुगौली, ठोरी लगायत १० जना व्यक्ति र ६ वटा संस्थालाई सम्मान गरिएको अस्पतालले जनाएको छ ।

पर्सामा संक्रमितको संख्या ह्वात्तै बढेपछि जिल्ला प्रहरी कार्यालय पर्साले पेसेन्ट रेस्क्यु तथा कन्ट्याक्ट ट्रेसिङ सेन्टर नै स्थापना गरेर कोभिड संक्रमितको व्यवस्थापन र उपचारमा सहयोग पुर्‍याएको थियो । स्वाब संकलन, कन्ट्याक्ट ट्रेसिङ, संक्रमितलाई अस्पतालसम्म पुर्‍याउने एम्बुलेन्स व्यवस्थापन, संक्रमितको शव व्यवस्थापन लगायतका काममा समेत प्रहरीले अतुलनीय भूमिका निर्वाह गरेको थियो ।

कोरोना संक्रमण उच्च विन्दुमा पुगेको समयमा अग्रपंक्तीमा रहेर सुरक्षा निकायले निर्वाह गरेको भूमिकाको कदर गर्दै सम्मान गरिएको अस्पतालका अध्यक्ष डाक्टर अबुल हैस अन्सारीले जानकारी दिए ।

सम्मानित व्यक्तित्वहरुलाई पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले अस्पतालको तर्फबाट सम्मान पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?