Comments Add Comment

लिङ्गदेनको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुगे अध्यक्ष थापा र लोहनी

लिङ्गदेनको स्वास्थ्यमा उल्लेख्य सुधार

२६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षद्वय कमल थापा र डाक्टर प्रकाशचन्द्र लोहनीले मेडिसिटी अस्पतालमा उपचार गराइरहेका सांसद राजेन्द्र लिङ्गदेनको स्वास्थ अवस्थाको जानकारी लिएका छन् ।

अध्यक्षद्वय थापा र लोहनीले शुक्रबार बिहान मेडिसिटी पुगेर पार्टीका नेतासमेत रहेका लिङ्गदेनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अस्पतालका सीईयो पंकज बास्कोटा र डाक्टर दिप्तेश अर्यालले नेता लिङ्गदेनको पछिल्लो स्वास्थ अवस्थाबारे अध्यक्षद्वयलाई जानकारी गराएका थिए ।

अस्पतालका अनुसार लिङ्गदेनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भइरहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

सांसद लिङ्गदेनलाई निमोनिया भएपछि झापाबाट हेलिकप्टरमा उपचारका लागि बिहीबार काठमाडौं ल्याइएको थियो ।

अस्पताल स्रोतका अनुसार लिङ्गदेनको अवस्थामा उल्लेख्य सुधार भएकोले अक्सिजनसमेत दिन परेको छैन । पुन: कोभिड परीक्षणका लागि स्वाब भने लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment