Comments Add Comment

बाइडन र ह्यारिस बने टाइम म्यागाजिनको पर्सन अफ द इयर

Photo Credit : REUTERS

२६ मंसिर, काठमाडौं । अमेरिकाको प्रतिष्ठित टाइम म्यागाजिनले राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडन र उपराष्टपतिमा विजयी भएकी कमला ह्यारिसलाई सन् २०२० को पर्सन अफ द इयर घोषणा गरेको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै टाइम म्यागाजिनले यो घोषणालाई ऐतिहासिक भएको बताएको छ । टाइम म्यागाजिनको पर्सन अफ द इयर बन्ने सूचीमा रहेका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउची र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनीहरुले पछि पारेका हुन् ।

म्यागाजिनका अनुसार अमेरिकाको माहोल परिवर्तन गरेको, विभाजनमा भन्दा ठूलो शक्ति सहानुभूतिमा हुन्छ भन्ने देखाएको र समस्यामा रहेको विश्वलाई यसबाट बाहिर ल्याउने स्पष्ट भिजन दिएकाले उनीहरुलाई यस वर्षको पर्सन अफ द इयर घोषणा गरिएको म्यागाजिनले बताएको छ ।

यस विषयमा अहिलेसम्म बाइडन र ह्यारिसले भने कुनै प्रतिक्रिया दिएका छैनन् । सन् २०१६ मा राष्ट्रपतिमा ट्रम्प विजयी भएसँगै म्यागाजिनले उनलाई पर्सन अफ द इयर घोषणा गरेको थियो । सन् २०१९ देखि टाइम म्यागाजिनले पर्सन अफ द इयरका साथै बिजनेस पर्सन अफ द इयर, इन्टरटेनर अफ द इयर, एथ्लेट अफ द इयर र गार्जियन अफ द इयरपनि घोषणा गर्दै आएको छ ।

यस वर्षको गार्जियन अफ द इयरमा अमेरिकी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउची र वर्णभेदविरुद्धका अभियान्ता पोर्स बेनेट बेलाई घोषणा गरिएको छ । बिजनेसपर्सन अफ द इयर जुमका संस्थापक र सीईओ एरिक एस युआनलाई घोषणा गरिएको छ । एथ्लेट अफ द इयर अमेरिकी बास्केटबल स्टार लेब्रोन जेम्सलाई घोषणा गरिएको छ । इन्टरटेनर अफ द इयर दक्षिण कोरियाली पप ग्रुप बीटीएसलाई घोषणा गरिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment