Comments Add Comment

मेलबर्न स्टार्सको विजयी सुरुआत

२६ मंसिर, काठमाडौं । नाथन कुलटरले नाइलले बलिङ र ग्लेन म्याक्सवेलले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि बिग बास लिग बीबीएलमा मेलबर्न स्टार्सले ब्रिसबन हिटलाई ६ विकेटले पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा मेलबर्नले १२६ रनको लक्ष्य १७.१ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो ।

मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सेवल र हिल्टन कार्टराइटले समान ४६ रन बनाए । म्याक्सेवलले २६ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । ४२ बल खेलेका हिल्टनले ४ चौका र १ छक्का प्रहार गरे ।

यस्तै आन्द्रे फ्लेभरले १२ रन बनाउँदा निक लार्किन १६ रनमा अविजित रहे । हिटका लागि डेब्युटान्ट ज्याक उडले २ विकेट लिए ।

त्यसअघि क्यानबेरास्थित मानुका ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको ब्रिस हिट १ बल बाँकी छँदा सबै विकेट गुमाएर १२५ रनमा अलआउट भयो ।

ब्रिसबनका लागि टम कुपरले सर्वाधिक २६ रन बनाउदा कप्तान क्रिस लिन र म्याक्स ब्रान्टले समान २० रन जोडे ।

ब्रिसबनलाई अलआउट गर्न मलेवर्न स्टार्का लागि नाथन कुल्टर नाइलले सर्वाधिक ४ विकेट लिए । कुल्टर नाइलले ३.५ ओभर बलिङ गर्दा १० रन मात्र खर्चिए । यस्तै उनले दुई खेलाडीलाई रनआउट समेत गरे । कुल्टर नाइल खेलको म्यान अफ दि म्याच घोषित भए ।

जितपछि मेलबर्न स्टार्सले ४ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment