+
+
Shares

कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ सवारीलाई ठक्कर दियो

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २६ गते २०:५५

२६ मंसिर, काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० नम्बरको ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुगेको छ ।

मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षीय शंकर परियार छन् । दुर्घटनामा अरु ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेहरुमा ट्रक चालक मानबहादुर रखाल, रामचन्द्र सिंखडा, विशाल श्रेष्ठ, गणेश शर्मा, सागर खत्री, रञ्जित चौधरी लगायत छन् ।

ट्रकले सडक नजिकैको एउटा घरमा पनि क्षति पुर्याएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?