Comments Add Comment

३ बर्षदेखि बिहेको दबाबमा बेनिशा

मंसिर महिनामा कलाकारहरुको बिहे धमाधम भएपछि अविवाहित कलाकारहरुले पनि दबाब महशुश गर्न थालेका छन् । नायिका बेनिशा हमालले पनि आफूले ३ बर्षदेखि बिहेको दबाब महशुश गरेको उल्लेख गरेकी छिन् ।

बेनिशाले सामाजिक संजालमा स्टाटस लेख्दै आफूले विगत ३ बर्षदेखि परिवार, आफन्त, साथीभाई, मिडियाबाट बिहेको दबाब महशुश गरिरहेको उल्लेख गरेकी छिन् ।

बेनिशा लेख्छिन्–‘तपाई कसैसँग सम्बन्धमा भए वा नभएपनि एक महिलालाई बिहेको दबाब आउन गर्दछ । मैले पनि विगत ३ बर्षदेखि बिहेको दबाब महशुश गरिरहेको छु । बिहेको दबाबले कहिलेकाही तनाव पनि हुन्छ ।’

बेनिशा विगत केही समयदेखि निर्माता रौनक विक्रम कँडेलको प्रेममा छिन् । बेनिशा नयाँ चलचित्र ‘भाँडाकुटी’मा काम गर्ने तयारीमा पनि छिन् । बेनिशाले बिहेको दबाब आएको जानकारी दिदै कतै घुमाउरो तरिकाले बिहे गर्न लागेको संकेत त गरेकी होइनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment