Comments Add Comment

२७ बर्षमा वर्षा, भन्छिन्–‘पुर्खाहरुको बायोपिकमा काम गर्न मन छ’

‘नाई नभन्नु ल ४’बाट चलचत्रि क्षेत्रमा प्रवेश गरेकी नायिका वर्षा राउत आजबाट २७ बर्षमा प्रवेश गरेकी छिन् । अघिल्ला वर्षा जन्मदिनको अवसरमा विभिन्न तरिकाले सेलिव्रेशन गरेपनि वर्षाको यो बर्ष भने खास योजना छैन । परिवारमा जुठो परेपछि वर्षाले यो बर्ष जन्मदिनमा कुनै कार्यक्रम नगर्ने बताइन् ।

२७ बर्षमा लाग्दै गर्दा वर्षालाई जिन्दगी सोचे जस्तो नहुने भएकाले कसैको पनि कुभलो चिताउन हुँदैन भन्ने लागेको छ । वर्षा भन्छिन्–‘जिन्दगी सोचे जस्तो हुँदैन । साना–साना कुरामा रिसाएर, अरुको डाहा गरेर बस्न भन्दा पनि आफूले राम्रो काम गर्ने, अरुलाई खुशी बनाउने हो ।’

चलचित्र क्षेत्रमा आएको छोटो समयमा नै वर्षाले दर्शक र मेकरको उल्लेख्य माया पाएकी छिन् । वर्षा भन्छिन्–‘मैले दर्शक र मेकरको साथ राम्रोसँग पाइरहेको छु । यो नै मेरो ठूलो उपलब्धी हो भन्ने मलाई लाग्छ । तर, म अझै पनि आफूले गरेको कामबाट सन्तुष्ट भने छैन ।’

वर्षालाई भविष्यमा बायोपिक चलचित्रमा काम गर्न मन छ । उनले भनिन्–‘हुनत, कलाकारलाई सबै खालको भूमिका नै प्यारो हुन्छ । तर, मलाई पर्दामा कोही अरुको जीवन बाँच्न मन छ । मलाई विशेषगरि, हाम्रो पुर्खाहरुको बायोपिकमा काम गर्न मन छ । हामीले चलचित्रको माध्यमबाट पुर्खाहरुलाई चिनाउन सक्छौ भन्ने लाग्छ । दर्शकले त मलाई अझै पनि छक्का पन्जाकै नायिका भनेर चिन्नुहुन्छ ।’

कलाकार हुँदा कहिलेकाही वेफाइदा पनि हुन्छ । अनावश्यक विवादमा परिने, सामान्य भन्दा सामान्य कुरा बोल्दा र गर्दा पनि ध्यान दिनुपर्ने हुन्छ । तर, वर्षा यसलाई वेफाइदाको रुपमा वुझ्दिनन् । उनले भनिन्–‘हामीले दर्शकको मायालाई कलाकार हुनुको फाइदा मान्छौ भने विवादलाई वेफाइदा भन्न मिल्दैन । हामी पब्लिक फिगर भैसकेपछि कन्ट्रोभर्सीलाई सामान्य रुपमा नै हेर्नुपर्छ । यसका लागि मानसिक रुपमा पनि तयार हुन आवश्यक छ । पब्लिक फिगर भैसकेपछि सबैले आ–आफ्नो तरिकाले मुल्यांकन गर्नुहुन्छ ।’

नायिका राउत चलचित्र ‘२ नम्बरी र के घर के डेरा’ छायांकन सुरु हुने प्रतिक्षमा छिन् । उनी, लकडाउन पछि म्यूजिक भिडियोमा व्यस्त छिन् । नायिका राउतलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment