+
+
Shares

इटालीलाई विश्वकप जिताउने रोसीको अन्त्येष्टिको दिन घरमा चोरी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १४:५१
Photo Credit : EPA

२८ मंसिर, काठमाडौं । सन् १९८२ को विश्वकपमा इटालीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका पाओलो रोसीको अन्त्येष्टिकै दिन उनको चोरी भएको छ ।

रोसीको ६४ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । शनिबार इटालीको उत्तरपूर्वी सहर भिसेन्जामा अन्त्येष्टि गरिएको थियो । उनको अन्त्येष्टि भइरहँदा घरमा चोरी भएको थियो ।

इटालीको अन्सा न्युज एजेन्सीका अनुसार रोसीकी पत्नी फेडेरिका क्यापेलेटी अन्त्येष्टि समारोहबाट फर्किँदा आफ्नो घरमा चोरी भएको पाएकी थिइन् । चोरी भएका सामग्रीहरुमा रोसीको घडी र पैसा समेत रहेको उनले बताइन् । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

रोसीको निधनले अहिले समग्र इटाली शोकमा छ । उनी इटालीको लागि अहिलेसम्मकै सबैभन्दा आक्रामक खेलाडी मानिन्छन् । उनले इटालीको राष्ट्रिय टोलीबाट ४८ खेल खेल्दा २० गोल गरेका थिए, जसमध्ये ६ गोल १९८२ को विश्वकपमा गरेका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?