+
+
Shares

ललिता निवास प्रकरण : विशेष अदालतमा हाजिर भए दीप बस्न्यात

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १५:०१

२८ मंसिर, काठमाडौं । ललिता निवास जग्गा प्रकरणका आरोपित एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात विशेष अदालतमा हाजिर भएका छन् ।

कानुन व्यवसायीसहित बस्न्यात अदालतमा हाजिर भएपछि हाल बयान लिने कार्य जारी रहेको उप–रजिष्टचार पुष्पराज पाण्डेयले अनलाइनखबरलाई बताए । बस्न्यातको आइतबारै थुनछेक बहस हुनसक्ने जनाइएको छ ।

बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा संलग्न भएको आरोप लागेपछि बस्न्यातसहित १७५ जनाविरुद्ध २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दर्ता भएका थियो ।

बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । बस्न्यातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?