Comments Add Comment

सुर्खेतका एकै विद्यालयका ११ सहित १७ शिक्षकलाई कोरोना संक्रमण

धमाधम बन्द हुन थाले विद्यालय

२८ मंसिर, सुर्खेत । सुर्खेतमा एउटौ विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो । ‘आइतबार आएको रिर्पोटमा जिल्लास्थित १७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको छ,’ जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले भने, ‘उहाँहरु होम आशोलेनमा हुनुहुहन्छ, अवस्था सामान्य नै छ ।’

पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताए । विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ ।

नगर स्वास्थ्यशाखा प्रमुख पुरीका अनुसार दुई विद्यालयका ३९ जना शिक्षकको पीसीआर परिक्षण गर्दा १३ जना शिक्षकको रिर्पोट पोजेटिभ आएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षकहरुको पीसीआर परिक्षण गरिएको थियो ।

सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । नगर शिक्षा प्रमुख पदम विकका अनुसार शिक्षकहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो ।

अर्का संक्रमित शिक्षक वीरेन्द्रनगर नगरपालिकाकै हुन्, तर शिक्षकको पूरा विवरण आइनसकेको जिल्ला जनस्वास्थ्य प्रमुख वाग्लेले अनलाइनखबरलाई बताए ।

धमाधम बन्द भए विद्यालय

पालिकाले प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई अनुमति दिएको थियो । त्यसअनुसार तिहारपछि धेरैजसो विद्यालयहरु खुलेका थिए ।पछिल्लो समय शिक्षकहरुमा कोरोना भाइरसको संक्रमण देखिपछि भने विद्यालय बन्द भएका छन् ।

गुर्भाकोट नगरपालिकाका विद्यालयहरुमा मंसिर पहिलो साताबाट पठनपाठन सुरु भएको थियो । तर,  शिक्षकहरुमा संक्रमण देखिन थालेपछि विद्यालय बन्द गरिएको नगर शिक्षा प्रमुख पदम विकले बताए । ‘शिक्षकहरु संक्रमित भएका विद्यालयहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका छौं,’ नगर शिक्षा प्रमुख विकले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरेर रिर्पोट अनुसार खोल्ने/नखोल्ने पछि निर्णय लिन्छौं ।’

पञ्चपुरी नगरपालिकले पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्क्रिनिङ गरी स्थिति सामान्य अवस्थामा ल्याउन एकसाता शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । स्वाब संकलन गरिएका व्यक्तिहरुको रिपोर्ट नआउँदासम्म अनिवार्य रुपमा आइसोलेसनमा बस्न आग्रह गरेको शिक्षा शाखा प्रमुख तुल्सी केसीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment