Comments Add Comment

जसपाले बनायो वार्ता समिति

२८ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले दलहरुसँग सम्वाद गर्न वार्ता समिति बनाएको छ ।

परिवर्तनको पक्षमा समान विचार र दृष्टिकोण भएका पार्टी र समूहसँग वार्ता गरी एकता एवं सामूहिक प्रवेश गराउन वार्ता समिति बनाइएको जसपाले जनाएको छ । वार्ता समितिमा कार्यकारिणी सदस्यहरु मेहराज राई, नवराज सुवेदी र केशव झा छन् ।

वार्ता समितिले पहिचान पक्षधर विभिन्न समूह र पार्टीसँग वार्ता गर्ने नेता झाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment