
२८ मंसिर, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित उज्वल पेट्रोल पम्पमा तेल बोक्ने ट्याङ्करमा आइतबार साँझ आगलागी भएको छ ।
पेट्रोल पम्पमा तेल खन्याउने क्रममा ना ४ ख ९७४ नम्बरको ट्याङ्करको अगाडिको भागमा आगो लागेको थियो । आगलागीबाट पार्किङ गरेको ४ वटा मोटरसाइकल जल्नुका साथै ट्यांकरमा पनि क्षति पुगेको छ । मानवीय क्षति भएन हुन पाएन ।
ललितपुर महानगरपालिकाको दमकल, पानी ट्याङ्कर लगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको ललितपुरका एसएसपी किरण बज्रचार्यले बताइन् ।
पम्पका सञचालक रिकेश अवाले हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4