Comments Add Comment

अस्ट्रेलियाका पर्यटकलाई भ्रमणमा सहज गर्न न्युजिल्याण्ड तयार

२९ मंसिर, काठमाडौं । अस्ट्रेलियाबाट आउने पर्यटकहरुलाई क्वारेन्टिनमा बस्नु नपर्ने नियम लागू गर्न न्युजिल्याण्ड तयार भएको छ । सोमबार न्युजिल्याण्ड सन् २०२१ को पहिलो त्रैमासमा यो व्यवस्था लागू गर्न तयार देखिएको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि न्युजिल्याण्डले सीमा बन्द गरेको झण्डै एक वर्षपछि अस्ट्रेलियासँगको सीमा खोल्न लागेको हो ।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनका अनुसार क्याबिनेटले क्वारेन्टिनमा बस्नु नपर्ने व्यवस्थाका लागि सैद्धान्तिकरुपमै सहमति दिएको हो । यद्यपि अस्ट्रेलियाले भने यसलाई पारित गर्न बाँकी छ । न्युजिल्याण्डले सन् २०२० को अधिकांश समय विदेशी पर्यटकहरुका लागि आफ्नो सीमा बन्द गरेको छ । साथै मुलुकमा पनि कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै कडा लकडाउनको घोषणा गरिएको थियो ।

न्युजिल्याण्डकी प्रधानमन्त्री अर्डनले सुरक्षित भ्रमणका लाथि धेरै काम बाँकी रहेको बताइन् । साथै अहिले न्युजिल्याण्ड एयरलाइन्स कम्पनीका क्रु सदस्यहरुको व्यवस्थापनलगायतका विषयमा सहमतिको लागि छलफल गरिरहेको उनको भनाइ छ ।

यसअघि गत अक्टोबरमा अस्ट्रेलियाले न्युजिल्याण्डबाट आएका मानिसहरुलाई क्वारेन्टिनमा बस्नु नपर्ने नियम ल्याइसकेको छ । न्युजिल्याण्डले भने अहिलेसम्म अस्ट्रेलियाबाट आउने माािसहरुका लागि क्वारेन्टिनमा बस्नुपर्ने नियम कायम राखेको छ । पछिल्लो समय दुवै मुलुकमा कोरोना संक्रमण निकै कम रहेकोले न्युजिल्याण्ड अस्ट्रेलियासँगको सीमा खोल्न तयार देखिएको हो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment