News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली स्वामित्वको बुद्ध ट्राभल एन्ड टुर्सलाई अस्ट्रेलियाको कम्युनिटी इम्प्याक्ट अवार्ड–२०२६ प्रदान गरिएको छ।
- इन्भोयाज समिट २०२६ का अवसरमा बहुसांस्कृतिक समाजमा सेवा र सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै कम्पनीलाई सम्मान गरिएको हो।
- सीईओ भीम न्यौपानेले यो सम्मान टोली, ग्राहक र समुदायको सामूहिक सफलता भएको बताउनुभयो।
२६ असोज, सिड्नी । अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा उत्कृष्ट सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै नेपाली स्वामित्वको बुद्ध ट्राभल एन्ड टुर्स कम्युनिटी इम्प्याक्ट अवार्ड–२०२६ बाट सम्मानित भएको छ।
अस्ट्रेलियाको ट्राभल उद्योगका आपूर्तिकर्ता तथा साझेदारहरूको बृहत् सम्मेलन इन्भोयाज समिट २०२६ का अवसरमा कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
ग्राहकलाई यात्राको योजनादेखि गन्तव्यसम्म र त्यसपश्चात् पनि निरन्तर सहयोग गर्ने, बहुसांस्कृतिक समुदायसँग विश्वासिलो सम्बन्ध स्थापित गर्ने तथा स्थानीय सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाएबापत बुद्ध ट्राभललाई यो सम्मान दिइएको हो।
लामो समयदेखि सुरक्षित र भरपर्दो यात्रा सेवा प्रवर्द्धन गर्दै आएको यस कम्पनीले ग्राहकको हित र सेवाको गुणस्तरलाई सदैव आफ्नो पहिलो प्राथमिकतामा राख्दै आएको समिट आयोजकले जनाएको छ ।
अनलाइनखबरसँग कुरा गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भीम न्यौपानेले यो सम्मान व्यक्तिगत नभई सिंगो टोली, विश्वासिला ग्राहक र सहयोगी समुदायको सामूहिक सफलता भएको बताए।
‘समुदायको अगाध विश्वास र सहयोगकै कारण हामीले आफ्नो सेवा विस्तारका साथै सामाजिक कार्यमा योगदान दिन सकेका हौँ,’ सीईओ न्यौपानेले भने, ‘आगामी दिनमा पनि इमानदारी, जिम्मेवारीबोध र उच्च सेवाभावका साथ यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछु।‘
प्रतिक्रिया 4