Comments Add Comment

चिनी उद्योगीलाई उद्योग मन्त्रालयले बोलायो

२९ मंसिर, काठमाडौं । सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरुलाई बोलाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी समस्या समाधान गर्न चिनी उद्योगीहरुलाई दिउँसो दुई बजे वार्तामा बोलाएको हो । किसानको ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेका ६ वटा चिनी मिलका सञ्चालक तथा प्रतिनिधिलाई वार्तामा बोलाइएको मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताए ।

उद्योगमन्त्री लेखराज भट्ट, उद्योग र वाणिज्यतर्फका सचिवहरु तथा मन्त्रालयको वाणिज्य हेर्ने प्रतिनिधि उद्योगीसंगको छलफलमा सहभागी हुने मन्त्रालयले जनाएको छ । कुनै पनि हालतमा किसानको बक्यौता तिर्न उद्योगीलाई आग्रह गर्नु वार्ताको उद्देश्य भएको सहसचिव रेग्मीले बताए ।

मन्त्रालयले आन्दोलनरत किसानहरुलाई पनि वार्तामा बोलाएको थियो । तर उनीहरुले आफूहरुको बक्यौता रकम लिएर माइतीघरमा मन्त्री आउनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment