+
+
Shares
उखु किसानसँग बद्री पंगेनी :

किसान मार्न पाइँदैन, यो व्यवस्था चाहिँदैन !

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ मंसिर २९ गते २०:११

२९ मंसिर, काठमाडौं । सोमबार बिहान ११ बजेतिर माइतीघर मण्डलाको दक्षिणतर्फको सडकमा लहरै बसेका थिए उखु किसान । आफ्नो उब्जनीको मूल्य माग गर्दै धर्ना बसेका किसानहरुबीच चिरपरिचित अनुहार देखिए, लोक गायक बद्री पंगेनी ।

किसानको धर्ना सुरु हुनुभन्दा एक घण्टाअघि नै गायक पंगेनी ऐक्यबद्धताका लागि माइतीघर पुगेका थिए । धर्नाको समय सुरु भएपछि ‘सरकार ! किसानलाई बाँच्न देऊ’ भन्ने पम्प्लेट छातीमा टाँसेर पंगेनी किसानसँगै सडकमा बसे ।

करिब एक घण्टा धर्नामा बसेपछि किसानहरुको हौसला बढाउन सडकमै गीत गाउन थाले, ‘किसान मार्न पाईंदैन, यो व्यवस्था चाहिँदैन…।’

‘उखु लग्यो मालिकले चिनी बनाई बेच्यो, किसानको पसिना कसले खिच्यो खिच्यो ।’

‘किसान मार्न पाइँदैन, यो नियम चाहिँदैन…।’

धर्नामा बसेका उखु किसानहरुले ताली बजाउँदै पंगेनीलाई साथ दिएका थिए ।

माइतीघर मण्डलामा दुई घण्टा बिताएका गायक पंगेनीले किसानहरुको माग जायज भएको प्रतिक्रिया दिए । ‘मैले गत वर्ष पनि किसान आन्दोलनमा नैतिक सर्मथन जनाएको थिएँ, यस वर्ष सडकमै आएको हुँ । भोलि पनि म किसानसंगै हुन्छु,’ गायक पंगेनीले भने ।

देशको व्यवस्था परिवर्तन गर्ने राजनीतिक क्रान्तिमा आफ्नो ज्यान दिने किसानहरु आफ्नै पसिनाको कमाइ पाउन सडकमा नआई नहुन पर्नु दुःखद भएको उनको टिप्पणी छ । ‘राजनीतिक परिवर्तनका लागि ज्यान दिने किसानलाई श्रमको मूल्य दिँदैन भने यस्तो व्यवस्थाको के काम ? यही भावमा गीत गाएको हुँ,’ पंगेनीले भने, ‘यो व्यवस्थाले निर्माण गरेको शासन प्रणालीमा किसानको श्रमको मूल्य खोई ?’

गण्डक क्षेत्रमा गाइने भाकामा आफूले गाएको गीतमा सर्लाहीका किसानले लय मिसाउँदा भावनात्मक समर्थन झनै बढेको पंगेनीले बताए । भोलिको आन्दोलनमा अरु धेरै कलाकार सहभागी भएर रचनात्मक सर्मथन जनाउने पनि उनले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?