Comments Add Comment

डिसहोममा ‘डिलरदाईको डिस्काउन्ट’ : यो हप्ता पनि २ जनालाई एक-एक लाख

डिसहोममा ‘डिलरदाईको डिस्काउन्ट’ योजनाअन्तरगत लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । गत मंसिर १९ गते देखि मंसिर २५ गतेसम्म फन्ड ट्रान्सफरबाट बाषिर्क रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस १ च्यानल नम्बर १०१ र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् ।

योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद पाउनेछन् । यो योजनाअन्तर्गत मंसिर १९गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको CASID No.71911097419 र 71902465450 बिजेता बन्न सफल भएका छन्।

बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाईसहित आउने लाइभ लक्की ड्र पुस ३ गते शुक्रबार साँझ ५ बजे हुनेछ । मंसिर २६गतेदेखि पुस २ गतेसम्म डिसहोमको आधिकारीक विक्रेताहरु मार्फत फन्ड ट्रान्सफर सेवाबाट बाषिर्क रिचार्ज गर्नुहुने ग्राहकहरुलाई पुस ३ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ ।

साथै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो विक्ली लक्की ड्रमा सहभागी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment