Comments Add Comment

विप्लवलाई लेखकहरूको आग्रह : शिक्षकको हत्यामा संलग्नलाई कारबाही गर्न सघाऊ

Photo Credit : फाइल फोटो
नेत्रविक्रम चन्द 'विप्लव'

२९ मंसिर, काठमाडौं । लेखकहरूले मोरङका शिक्षक राजेन्द्र श्रेष्ठलाई कानुनी दायरामा ल्याउन सघाउन नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आग्रह गरेका छन् । उनीहरूले श्रेष्ठको हत्या जिम्मा लिएको समूहलाई सोमबार जारी विज्ञप्तीमार्फत यस्तो आग्रह गरेका हुन् ।

सरकारले शिक्षक राजेन्द्र श्रेष्ठको हत्या घट्नालाई गम्भिर रुपमा लिनुपर्ने उनीहरूको निश्कर्ष छ । नागरिकको शान्तिपूर्वक बाँच्न पाउने अधिकार रक्षाका लागि सरकार र अदालत गम्भिर बन्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

लेखकहरूले विप्लव समूहलाई आफ्नो अभियान राजनीतिक रुपमा अगाडि बढाउन र व्यक्ति हत्या तत्काल बन्द गर्न अनुरोध गरेका छन् । विज्ञप्ती जारी गर्नेमा सरिता तिवारी, अर्चना थापा, उमा सुवेदी, खगेन्द्र संग्रौला, नारायण ढकाल, सिके लाल, युग पाठक लगायत ५७ लेखक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment