Comments Add Comment

अमेरिकामा कोरोनाविरुद्धको खोप लगाउन सुरु, पहिलो खोप नर्सलाई

३० मंसिर, काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएकाहरुलाई लगाइदिएर अमेरिकाले सोमबारबाट खोप अभियान सुरु गरेको हो ।

न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाइएको बीबीसीले जनाएको छ । यी नर्स आईसीयूमा कार्यरत छिन् ।

अमेरिकाले फाइजर/बायोएनटेक खोप प्रयोगमा ल्याएको छ । फाइजर/बायोएनटेकलाई प्रयोगमा ल्याउन अमेरिकाले गत शुक्रबार मात्रै अनुमति दिइएको थियो ।

सोमबार १५० अस्पतालमा यो भ्याक्सिन लगाइएको छ । अमेरिकाले यो अभियानअन्तर्गत सन् २०२१ को अप्रिल महिनासम्म १० करोड जनामा खोप पुर्याउने लक्ष्य लिएको छ ।

अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो । कोरोना संक्रमणबाट अमेरिकामा करिब तीन लाख जनाको मृत्यु भइसकेको छ ।

फाइजर/बायोएनटेक खोप अमेरिकाको एक ठूलो औषधि कम्पनी र जर्मन बायोटेक्नोलोजी कम्पनीका बीच आपसी समझदारीमा तयार पारिएको थियो । यो खोप ९५ प्रतिशत सुरक्षित रहेको बताइन्छ । ब्रिटेनमा यो खोपलाई पहिल्यै अनुमति दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment