Comments Add Comment

यी हुन् २०२० मा फेसबुकमा सर्वाधिक चर्चित विषयहरु

वर्ष सन् २०२० को अन्तिम महिना अर्थात् डिसेम्बर चलिरहँदा विश्वको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकले वर्षभरमा फेसबुक प्लाटर्फममा सर्वाधिक चर्चित रहेका विषयहरुको सूची सार्वजनिक गरेको छ ।

हरेक वर्ष फेसबुकले आफ्नो प्लाटर्फममा सबैभन्दा छाउन सफल विषयवस्तुहरुको आँकडा सार्वजनिक गर्दछ । त्यही क्रममा फेसबुकले सन् २०२० को समीक्षालाई facebook 2020 Year in Review’ को रुपमा प्रस्तुत गरेको छ ।

यसमा मुख्यरुपमा फेसबुकमा मानिसहरुले छलफल तथा चर्चा गरेका लोकप्रिय मुद्दाहरु रहने गरेका छन् ।

फेसबुकले २०२० का शीर्ष घटनाहरुलाई विभिन्न ६ विधामा बाँडेको छ । कम्पनीका अनुसार वर्ष सन् २०२० सधैँका लागि यसकारण चिनिनेछ किनकी यो वर्षले सबै कुरा परिवर्तन गरिदिएको छ । वर्षका सर्वाधिक चर्चित ६ विधाका घटना यस्ता छन्ः

व्यक्तित्व

सन् २०२० मा फेसबुकमा सर्वाधिक चर्चा गरिएका व्यक्तिमा अमेरिकी बास्केटबल खेलाडि कोबे ब्राएन्ट रहे । ब्राएन्टको सन् २०२० को जनवरी महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको हो ।

सामाजिक सचेतना

कालोजातिका अमेरिकी नागरिक जर्ज फ्लएडको प्रहरी कारबाहीमा मृत्यु भएको घटनाले अमेरिकामा निकै तहल्का मच्चायो । उक्त घटनापछि अमेरिकामा ब्लाक लाइफ म्याटर्स नामक अभियान नै चल्यो भने सोसल मिडियामा सो ह्यासट्याग निके भाइरल बन्यो । उक्त समयमा फेसबुकमा हरेक दिन उक्त ह्यासट्यागमा झण्डै ७५ लाख पोष्ट गरिए ।

कोभिड १९

कोरोना भाइरस महामारी सन् २०२० को सर्वाधिक चर्चाको विषय भएको कुरामा दुईमत छैन । महामारीले अझै पनि संसारलाई तहसनहस बनाइरहेको छ । उक्त विषयमा गत मार्च महिनामा #aplausosanitatio  नामक ह्यासट्याग स्पेनमा निकै चर्चित भयो । स्वास्थ्यकर्मीहरुको सम्मानमा स्पेनीहरुले उक्त ह्यासट्याग सहित फेसबुकमा दैनिक १५ लाखभन्दा धेरै पोष्ट गरे । इटालीमा लकडाउनका बेला फेसबुक र इन्स्टाग्राम लाइभको संख्या दोब्बर भयो । लाखौँ मानिसहरुले क्वारेन्टाइनका बेला बार्दलीबाट फेसबुकमा लाइभ भिडियो प्रशारण गरे । अमेरिकामा फेसबुक लाइभका दर्शकको संख्यामा ५० प्रतिशतले वृद्धि भयो ।

विश्व राजनीति

फेसबुकमा यो वर्ष सर्वाधिक चर्चित विश्व राजनेताको रुपमा अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित महिला कमला ह्यारिस रहिन् । गत अगष्ट महिनामा एक दिनमै कमला ह्यारिसलाई मेन्सन गरेर १ करोड वटा पोष्ट गरिएका थिए । फेसबुकका अनुसार अमेरिकामा लगभग सबै वयस्क व्यक्तिहरुले फेसबुक र इन्स्टाग्राममा मतदानका बारेमा जानकारी हासिल गरे ।

वातावरणीय मुद्दा

फेसबुकका अनुसार विश्वभरमा लगभग १३ लाख मानिसहरुले फेसबुकको सबैभन्दा ठूलो कोष संकलन अभियानमा भाग लिए र त्यसबाट ३ करोड ५० लाख अमेरिकी डलर संकलन गरे । उक्त रकम अस्ट्रेलियामा डढेलोबाट प्रभावित मानिस तथा जनावरहरुको संरक्षणका लागि प्रदान गरियो ।

जलवायु परिवर्तनसँग लड्न तथा समुद्रको सफाइका लागि २६ लाखभन्दा धेरै मानिसहरुले ८ करोड ७० लाख अमेरिकी डलरको कोष संकलन गरे ।

त्यसका अलावा फेथ एण्ड कम्युनिटीका साथै सर्वाधिक लोकपि्रय पप संगीतको विषय पनि फेसबुकको यस वर्षको सर्वाधिक लोकप्रिय विषय बन्यो । पप संस्कृति विधाको टपटेन सूची यस्तो छ :

  • Michael Jordan’s “The Last Dance” documentary
  • Dave Chappelle’s Netflix special
  • Cardi B and Megan Thee Stallion’s “WAP”
  • Harry Styles – Golden song release
  • Los Angeles Lakers win the 2020 NBA Championship
  • Katy Perry announces her pregnancy via music video
  • “Savage” by Megan Thee Stallion
  • Shakira and Jennifer Lopez’s Super Bowl halftime performance
  • Netflix’s “Tiger King”
  • Andrea Bocelli’s Easter performance from Milan, Italy

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment