+
+
Shares

भुक्तानी नदिने चिनी उद्योगी पक्राउ गर्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १८:००
उखु किसानको समस्या समाधानका लागि गृह मन्त्रालयमा बसेको बैठक ।

३० मंसिर, काठमाडौं । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उखु किसानको समस्या हल गर्ने विषयमा छलफल भएको अनलाइनखबरलाई बताए ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठी, कृषिमन्त्री घनश्याम भुसाललगायत उपस्थित थिए ।

आइतबारदेखि माइती घरमा उखुको मूल्य माग्दै किसानहरु प्रदर्शनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?