Comments Add Comment

पार्टीमा परामर्श नगरी सभापति संवैधानिक परिषद् बैठकमा जानुहुन्न : कांग्रेस प्रवक्ता

३० मंसिर, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको छ ।

‘संसद बैठकको मुखमा आएर ल्याइएको अध्यादेशप्रति कांग्रेसको आपत्ति छ’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘बिहान बैठक बस्ने र दिउँसो अध्यादेश जारी गर्नु आपत्तिजनक हो ।’

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी थिइन् । संवैधानिक परिषद्को बैठक मंगलबार ५ बजे बोलाइएको छ ।

यो बैठकमा देउवा सहभागी हुने नहुने अनिश्चित छ । कांग्रेस नेताहरुले भने नजान देउवालाई दबाव दिएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले भने अध्यादेशबारे पार्टीमा परामर्श नगरी सभापति बैठकमा नजाने बताए । शर्माले अनलाइनखबरसँग भने, ‘अध्यादेशमा के छ, अध्यादेश ल्याउनुका पछाडि के नियत छ भन्ने विषयमा पार्टीमा परामर्श नभई सभापतिज्यू संवैधानिक परिषद् बैठकमा जानुहुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment