+
+
Shares

थप ९३६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या साढे २ लाख नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३० गते १६:४१

३० मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७११७ जनामा गरेको परीक्षणमा ५८५ पुरुष र ३५१ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९९६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?