Comments Add Comment

बैंक अफ काठमाण्डूका ग्राहकलाई नेशनल प्याथ ल्याबमा १५ प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई श्री नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टरमा बैंकको डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘क’ क्षेणीको मान्यता प्राप्त प्रयोगशाला नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टरले बुटवल, भैरहवा, गुल्मी, अर्घाखाँची, तुलसीपुर, घोराही तथा धनगढी लगायतको क्षेत्रहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।

उक्त सम्झौतामा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक रत्नबहादुर खड्का र नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर, रुपन्देहीका निर्देशक पवन जोशीले हस्ताक्षर गरे ।

बैंकले हाल बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment