Comments Add Comment

चाबहिलमा शंकास्पद वस्तुको त्रास

२ पुस, काठमाडौं । काठमाडौंको एक व्यस्त स्थान चाबहिलमा बिहीबार बिहान बम भेटियो भनेर प्रहरीमा खबर पुग्यो । राजधानीमा बम भेटिएको भन्ने सूचनाले सबै प्रहरी युनिट अलर्ट भए ।

तत्काल प्रहरीको एक टोली बम रहेको भनिएको स्थानमा पुग्यो । प्रहरीले अवलोकन गरेपछि शंकास्पद वस्तु भएको भन्दै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलायो । तर, सेनाको टोलीले हेर्दा त्यो त झोला मात्रै रहेछ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले चाबहिलमा भेटिएको शंकास्पद वस्तु झोलामात्रै रहेको पत्ता लागेको बताए ।

विगतमा काठमाडौंमा नेत्रविक्रम चन्द (विप्लव) समूहले बम विष्फोट गराउँदा मानवीय क्षति भएको र हालै सो समूह फेरि सक्रिय हुन थालेको भन्दै सुरक्षा अंगहरु अलर्ट छन् ।

विप्लव समूहले हालै मोरङको मिक्लाजुङमा एक शिक्षकको हत्या गरेपछि गृह मन्त्रालय र नेपाली सेनाले पनि विप्लव समूह हिंसात्मक बनेको निष्कर्ष निकालेका छन् ।

यो पनि पढ्नुहोस विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको गृहको निष्कर्ष यो पनि पढ्नुहोस विप्लव समूह हिंसात्मक बनेको सेनाको निष्कर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment