+
+
Shares

प्रचण्डको आपत्तिपछि संवैधानिक परिषदको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २ गते १६:३०

२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए । तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डले बैठक राखेकामा आपत्ति जनाएका थिए ।

ओलीले बैठक बोलाएको जानकारी पाएपछि यसैबारे छलफल गर्न बालुवाटार पुगेका प्रचण्डले अध्यादेश फिर्ता लिने सहमति भइसकेका बेला बैठक बोलाएकामा आपत्ति जनाउँदै स्थगित गर्न आग्रह गरेका उनी निकट स्रोतले बताएको छ ।

तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको छ ।

संवैधानिक परिषदको बैठक स्थगित भएको जानकारी आएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालय स्रोतले जानकारी दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?