Comments Add Comment

वीरगञ्जको सिद्धार्थ माविमा परीक्षा हलको शिलान्यास

२ पुस, वीरगञ्ज । वीरगञ्ज–१४ चिनीमील आवासक्षेत्रस्थित सिद्धार्थ माविमा ३ करोड ५० लाख रुपैयाँको लागतमा परीक्षा हल बनाइने भएको छ ।

राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा बनाउन लागिएको परीक्षा हलको बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र संघाईले एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् ।

१० हजार ६ सय स्क्वायर फिट परीक्षा हलमा एकै पटकमा १ हजार जनालाई राखेर परीक्षा लिन सकिने विद्यालयका प्रधानाध्यापक राजेश पाण्डेले जानकारी दिए । सोही योजना मार्फत छुट्टै शौचालय र भान्छाघर पनि बन्ने उनले बताए ।

शिलान्यास गरिएको परीक्षा हल बनिसकेपछि विद्यालयको पूरानो भवन भत्काएर खेल मैदान बनाउने तयारी छ । विद्यालयको आयस्रोत बढाउन वीरगञ्ज–पथलैया सडकखण्ड तर्फ सटर बनाएर भाडामा लगाउने योजना छ ।

बिहीबार नै विद्यालयमा ४ कोठे भवनको उद्घाटन समेत गरिएको छ । महानगरपालिका प्रमुख विजय कुमार सरावगीले विद्यालय भवनको उद्घाटन गरेका हुन् । महानगरको ३६ लाख आर्थिक सहयोग र थप चन्दा सहयोग रकम गरी ४५ लाखको लागतमा ४ कोठे भवन बनेको थियो

सोही अवसरमा गोपाल राय, त्रिवेणी देवि संघाई ट्रष्टले विद्यालयका लागि थप चार कोठा बनाउने प्रतिबद्धता जनाएको छ । सोही ट्रष्टले यसअघि विद्यालयमा १२ कोठाको तिन तले भवन बनाएको थियो । त्यसकै माथि थप चार वटा कोठा थप्न नाप नक्सा सहितको तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संघाईले जानकारी दिए ।

उद्योगी राजु गाडियाले विद्यालयको अर्को २ तले भवनमा थप चार कोठा बनाउने आश्वासन दिएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment