Comments Add Comment

द ब्रिटिस कलेजमा अनलाइन भर्चुअल ग्राजुयसन कार्यक्रम

२ पुस, काठमाडौं । थापाथलीस्थित रहेको द ब्रिटिसले सोमबार पहिलोपटक अनलाइन भर्चुल ग्राजुयसन कार्यक्रम सम्पन्न गरेको छ ।

द ब्रिटिस कलेजका ४४० जना विद्यार्थीहरु ग्रायजुएट भएका छन् । जसमा बिएससी आइटीका २५९ जना, बिबिएका ६७ जना, एमबिएका ५९ जना, इएमबिएका २१ जना, एमआइबिएमका १५ जना र एमएससीआइटीका १९ जना रहेका छन् ।

पूर्वनिर्धारित समयमा सुरु भएको भर्चुअल ग्राजुयसन कार्यक्रममा अतिथि, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

ग्राजुयसन कार्यक्रमको सुरुवातमा टीबीसीका सिइओ राजन कडेँलको सम्बोधन गरेका थिए । त्यसपछि अन्तरिम प्रिन्सिपल प्रोफेसर मेरी बिसफले समारोहलाई सम्बोधन गरेकी थिइन् । कार्यक्रममा विशेष अतिथिहरुले पठाएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो ।

सल्लाहकार बोर्डका सदस्यहरु जोन इडवार्ड होलिस्टर मोन्टागु, ११ औँ अल अफ स्याण्ड बीच र माइकल रुटल्याडको सन्देश प्रस्तुत गरिएएको थियो । त्यस्त टीबीसी पार्टनर विश्वविद्यालय लिड्स बेक्केट र द यूनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डका विशेष प्रतिनिधिहरुको सन्देश प्रस्तुत गरिएको थियो ।

विशेष अतिथिहरुको सम्बोधनपछि अवार्ड कार्यक्रम सूरु भएको थियो । साथै फ्याकल्टी तथा डिपार्टमेन्टका प्रमुख र उपप्रमुखले ग्राजुयटहरुको नाम घोषणा गरेका थिए ।

चलिरहेको कोरोना महामारीकाबीच पनि कलेजले आफ्ना विद्यार्थीहरुलाई अत्याधुनिक अनलाईन प्लेटफर्म उपलब्ध गराइरहेको छ । विद्यार्थीहरुको गुणस्तीय पढाईमा कुनै पनि प्रभाव नदिन कलेजले कडा मेहनत गरिरहेको छ । छैटौँ दिक्षान्त समारोहसम्म आइपुग्दा कलेजले चुनौतीलाई पार गर्दै विद्यार्थीहरुले सुरक्षित रुपमा यो खुसीयाली मनाउने वातावरण समेत बनाउन सफल भएको कलेजले जनाएको छ ।

द ब्रिटिस कलेजको विज्ञ टोली फ्याकल्टीहरुसँग मिलेर ग्रयाजुटहरुका लागि अविस्मरणिय क्षण बनाउन काम गरेको कलेजले जनाएको छ । उक्त कार्यक्रम एक्स्रे टेलिभिजनसहित युट्युब, द भिजिसी कलेज वेवसाइट र अन्य सोसियल मिडिया पेज इन्टाग्राम र फेसबुकबाट प्रिमियर गरिएको थियो ।

उक्त कार्यक्रमका दौरान विद्यार्थीहरुलाई टीबीसीमा अध्ययन गर्दाको अनुभव शेयर गरेका थिए । कलेजले ग्राजुयट भएका सबै विद्यार्थीहरुलाई शुभकामना दिएको छ । यो महामारी बीच पनि विभिन्न चुनौतीलाई पार गर्दै यो कार्यक्रम सम्पन्न गर्न पाउँदा टीबीसीले गौरवान्धित महसुस गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment