Comments Add Comment

टेलिभिजन कार्यक्रम चलाउँदै विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा टेलिभिजन कार्यक्रम प्रस्तोता बनेका छन् । उनले सामाजिक विषयवस्तुमाथि बनेको कार्यक्रम ‘ऐना’ सञ्चालन गर्ने भएका हुन् । यो कार्यक्रम माघ ७ गतेदेखि प्रसारणमा आउनेछ ।

एक घण्टा समायवधिको कार्यक्रम २६ अंकको हुनेछ । देशका अधिकांश भूभागमा पुगेर विभिन्न सामाजिक घटनाका पात्रहरुलाई भेटी छायांकन गरिएको गीतमा मानवीय संवेदना र प्राकृतिक सुन्दरतालाई समेटिएको छ ।

बिहीबार ऐनाको शीर्ष गीत समेत सार्वजनिक भएको  छ । प्रस्तोता शर्माले समाजका विविध घटनाको गहिराइमा पुगेर मानवीय संवेदनालाई छुने गरी तयार भइरहेको कार्यक्रम ऐनाको हिस्सा बन्न पाउँदा गर्व लागेको बताए ।

शर्माले सामाजिक मुद्दाका सवालमा देशमा दुईवटा चित्र रहेको र त्यसलाई ऐनाले छर्लङ्ग देखाउनेमा आशावादी रहेको बताए । देश विकासको कुरा गर्दा भौतिक बिकास र व्यवस्थामा परिवर्तन आउने तर समाजका मुद्दा ज्यूकात्यूँ रहने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले आफू राजनीतिक जिम्मेवारीको हैसियतले कतिपय सवालमा जवाफ दिनुपर्ने ठाउँमा रहे पनि यो कार्यक्रम मार्फत् समाजका विविध सवालमा प्रश्न गर्न आइपुगेको औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment