+
+
Shares

यो वर्षको वर्ल्ड हेल्थ अवार्ड नेपालका दुई चिकित्सकलाई

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ३ गते १२:१०

३ पुस, काठमाडौं । यो वर्षको वर्ल्ड हेल्थ अवार्ड डाक्टर पशुपति महत र डाक्टर अरुण राज कुँवरलाई प्रदान गरिने भएको छ ।

स्विस फाउण्डेसनले विश्व स्वास्थ्य संगठनको सहकार्यका प्रदान गरिने यो अवार्ड मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका चिकित्सकलाई प्रदान गर्ने निर्णय गरेको हो । डाक्टर महत नेप्लिज एसोसिएसन अफ क्लिनिकल साइकोलोजिस्टका अध्यक्ष हुन् भने डाक्टर कुँवर नेपालको पहिलो बाल साइक्याट्रिक हुन् । कुँवरले कान्ति बाल अस्पतालमा बाल मानसिक रोग युनिटको नेतृत्व गरिरहेका छन् ।

वर्षमा एक पटक दिइने यो अवार्ड स्वास्थ्य क्षेत्रमा प्रभाकारी काम गर्ने चिकत्सकहरुलाई दिइन्छ । नेपालको चिकित्सकले यो अवार्ड पहिलो पटक पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?