Comments Add Comment

एमसीसी बोर्डमा नेपालबारे पनि छलफल

३ पुस, काठमाडौं । गत मंगलबार अमेरिकाको बासिङ्टन डिसीमा बसेको मिलेनियम च्यालेन्च कर्पाेरेसन(एमसीसी) बोर्डमा नेपालमा एमसीसी परियोजनाको पछिल्लो अबस्थाको बारेमा छलफल भएको छ ।

सोही बोर्डले श्रीलंकाको प्रस्तावित कम्प्याक्ट अनुमोदन र कार्यान्वयनमा ढिलाइ भएको भन्दै निरन्तरता नदिने निर्णय गरेको थियो । हरेक चार महिनामा एमसीसी परियोजनाबारे छलफल गर्नको लागि बोर्डको बैठक बस्ने गर्दछ ।

एमसीसी बोर्डमा नेपालको बारेमा पनि केही छलफल भयो भन्ने अनलाइखबरको प्रश्नमा काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ,‘बोर्डले नेपाललगायत एमसीसी कार्यान्वयन भएका मुलुकहरुको पछिल्लो अपडेट र अवस्थाको बारेमा जानकारी लिएको छ । परियोजनाको सफलतापूर्वक कार्यान्वयन मार्फत नेपाली जनतको हितको लागि निकट भविष्यमा नै संसदीय अनुमोदनमा जोड दिइएको छ ।’

अमेरिकाले सन् २०१२ देखि नेपाल सरकार र एमसीसी नेपाल कम्प्याक्ट विकास गर्न सँगै काम गरेको उल्लेख गरेको छ । अमेरिकाले एमसीसी परियोजना सधैंका लागि उपलब्ध नभएको भन्दै छिटो अनुमोदनका लागि आग्रह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment