Comments Add Comment

बुण्डेसलिगामा डर्टमण्डको पाँचौ हार, युउसोफाको कीर्तिमानी गोल

४ पुस, काठमाडौं । बोरुसिया डर्टमण्डले यस सिजन जर्मन बुण्डेसलिगामा उतारचढावपूर्ण प्रदर्शन गरिरहेको छ ।

युउसोफा माउकोले बुण्डेसलिगामा गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान बनाउँदा पछिल्लो खेलमा भने डर्टमण्ड युनियन बर्लिनसँग पराजित भएको छ । युनियनले घरेलु मैदानमा डर्टमण्डलाई २-१ ले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा गोलरहित बने पनि ताइवो आवोनियीले ५७औं मिनेटमा गोल गर्दै युनियनलाई अग्रता दिलाए । तीन मिनेटपछि नै युउसोफा माउकोकोले डर्टमण्डका लागि बराबरी गोल फर्काए । तर ७८औं मिनेटमा मार्भिन फ्रेडरिचले युनियनका लागि विजयी गोल गरे ।

जितपछि १३ खेलबाट २१ अंक जोड्दै युनियन पाँचौ स्थानमा उक्लेको छ । यस सिजन पाँचौ हारपछि डर्टमण्ड भने २२ अंकसहित चौथो स्थानमा छ र शीर्ष टिमहरुसँग अंक दूरी कम पार्ने मौका गुमाएको छ । १२ खेलबाट २८ अंकसहित बायर लेभरकुजन शीर्ष स्थानमा छ ।

डर्ट मण्ड पराजित भएपनि उसका गोलकर्ता माउकोकोका लागि भने उक्त खेल महत्वपूर्ण बन्यो । उनी बुण्डेसलिगमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने । उनले १६ वर्ष २८ दिनको हुँदा गोल गर्दै उक्त कीर्तिमान बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment