Comments Add Comment

बेलौरी नगरपालिकामा लकडाउनको घोषणा

४ पुस, कैलाली । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन थालेपछि कञ्चनपुरको बेलौरी नगरपालिकामा पूर्ण लकडाउन गरिएको छ ।

आइतबारबाट लागू हुने गरी एक सातामका लागि लकडाउन घोषणा गरिएको सामाजिक विकास समितिका संयोजक अर्जुन ढकालले जानकारी दिए । ‘२ जनाको मृत्यु भइसक्यो, कयौँ अझै जोखिममा छन्’ वडा नम्बर ४ का अध्यक्ष समेत रहेका ढकालले भने, ‘सचेत नभए समस्या अझै ठुलो हुनसक्छ ।’

उनका अनुसार एक सातासम्म विद्यालय, बजार, उद्योग सबै बन्द हुने छ । उखु ढुवानी गर्ने साधनलाई भने रोक नलगाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment