Comments Add Comment

देउवा पक्षका थानीले जिते सिडेनको चुनाव

५ पुस, काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को छैटौं अध्यक्षमा ई. उमेश थानी विजयी भएका छन् ।

रामचन्द्र पौडेल पक्षका ई. ध्रुव थापालाई १५० मत अन्तरले हराउँदै शेरबहादुर देउवा पक्षका थानी अध्यक्ष निर्वाचित भएका हुन् ।

१८ सदस्यीय कार्यसमितिका लागि थानी र थापा प्यानलसहित निर्वाचनमा होमिएका थिए ।

थानीको पक्षमा काठमाडौं केन्द्रबाट १ हजार ४२ र थापाको पक्षमा ९ सय ९ मत परेको छ । त्यस्तै, काठमाडौंबाहिरको अन्य ६ केन्द्रमा थानीले १७ भोटले अगाडि रहे ।

शनिबार भएको निर्वाचनमा कुल २ हजार ८ भोट खसेको थियो । बागमती प्रदेशको निर्वाचन केन्द्र काठमाडौंमा १ हजार ६६४ र काठमाडौंबाहिरका अन्य ६ मतदान केन्द्रमा ३४४ मत खसेको थियो ।

जितपछि अध्यक्ष थानीले निर्वाचन परिणामसँगै प्यानल सकिएको भन्दै सबैलाई साथ लिएर काम गर्ने बताएका छन् ।

युवा इन्जिनियर थानी नेपाल विद्युत प्राधिकरणका पूर्वबोर्ड सदस्य, नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वमहासचिव र नेपाल इन्जिनियरिङ्ग काउन्सिलको पूर्वजिस्ट्रार समेत हुन् ।

यो पनि पढ्नुहोस सिडेन निर्वाचन : उमेशलाई युवाको साथ, ध्रुवलाई सिनियरको आश

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment