Comments Add Comment

कलाकार संघको भवनको शिलान्यास

नेपाल चलचित्र कलाकार संघको भवनको शिलान्यास गरिएको छ । चन्द्रागिरी नगरपालिकाको स्यूचाटारस्थित खड्का गाउँको थानेटारमा चलचित्र कलाकार संघको भवन निर्माण हुन लागेको हो । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् ।

उनले आफ्नो क्षेत्रमा कलाकारहरुले आफ्नो भवन निर्माण गर्न लागेको भन्दै खुशी व्यक्त गरे । उनले, कलाकारहरु राष्ट्रको गहना भएको भन्दै भवन निर्माणमा आफ्नो पुर्ण सहयोग रहने बताए ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले कलाकार संघको ३घ बर्षको इतिहासमा भवन शिलान्यासको दिनलाई ऐतिहासिक भनेका छन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, हाँस्य कलाकार हरिवंश आचार्य, कलाकारहरु कृष्ण मल्ल, रमेश वुढाथोकी, दिनेश डीसी लगायतको उपस्थिती थियो ।

अध्यक्ष खड्काले चुनावी घोषणा पत्रमै संघको भवन निर्माण गर्ने उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment