Comments Add Comment

प्रधानमन्त्री ओलीले अलकायदा शैली अपनाए : रामकुमारी झाँक्री (भिडियो)

५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधाजनक बहुमत भएको संसद विघटन गर्न सिफारिस गरेर अलकायदा शैली अपनाएको बताएकी छन् ।

‘आफ्नो सर्वस्व गुमाएर राजनीतिमा दाउपेच ल्याउनु भनेको यो आत्मघाती हमला जस्तो हो । त्यसकारण प्रधानमन्त्रीले आफ्नो ५ वर्षको सुविधाजनक बहुमत भएको संसद विघटन गरेर जोखिम मोल्नुभयो’, झाँक्रीले अनलाइनखबरसँग भनिन्, यो अलकायदाको जस्तो एक प्रकारको आत्मघाती प्रहार हो, यो अलकायदा शैली हो ।

राजनीतिमा दाउपेच गर्नुको मतलब पीठो पनि डालो पनि जलाउने नभएको भन्दै उनले भनिन्, ‘यो गैरसंवैधानिक छ । राजनैतिक बेइमानीपूर्ण छ, अनैतिक छ, जनमतको उपहास गरेको हो, जनताको जनमतको एक हिसाबले अपमान गरेको हो ।’

सबैभन्दा कम क्षति र दाउपेचबाट राजनीतिमा फाइदा लिनुपर्ने र चाणक्यले पनि त्यही भनेको उनले स्मरण गरिन् ।

हेर्नुस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment