Comments Add Comment

तस्वीरमा ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को फाइनल

शनिबार बेलुकी ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को फाइनल सम्पन्न भयो । १२ जना प्रतिस्पर्धीहरु स्टार्स र उनीहरुको कोरियोग्राफर पार्टनरले यो शोमा सहभागीता जनाएका थिए । जसमा दर्शकको सर्वाधिक धेरै मत प्राप्त गर्दै नायिका सुमी मोक्तान र उनका कोरियोग्राफर पार्टनर विजु पार्कीले उपाधि जिते ।

बुद्ध लामा र केविका खत्री फस्ट रनरअप बन्दा सेकेन्ड रनरअपको उपाधि भने प्रियना आचार्य र सुभम् भुजेलको टिम बन्न सफल भयो । विजेता घोषणा गर्नु अगाडि अन्तिम ३ प्रतिस्पर्धी, अन्य स्टार प्रतिस्पर्धी र विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई यो शोको निर्णायकको रुपमा रहेका थिए । हिमालय टेलिभिजनबाट यो शो हरेह हप्ता शुक्रबार र शनिबार प्रशारण हुँदै आएको थियो ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment