+
+
Shares

ओली लोकतन्त्र सिध्याउने बाटोमा : कनौडिया

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १५:५४

५ पुस, बुटवल । लुम्बिनी प्रदेश सभा, कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र सिध्याउन बाटोमा रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरेपछि नेता कनौडियाले विज्ञप्ति जारी गर्दै ओलीको कदमले संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि प्रश्न उठेको बताए । नेता कनौडियाले प्रधानमन्त्री ओलीको कदमलाई संविधानको मर्म र भावना विपरीत भनेका छन् । प्रधानमन्त्री ओलीमा सर्वसत्तावादी महात्वाकांक्षा भएकै कारण प्रतिनिधिसभा विघटनको सिफारिस गरेको उनको भनाइ छ ।

लोकतन्त्रको रक्षाका लागि राजनीतिक दल, नागरिक समाज र संघसंस्थाहरुलाई एकजुट हुन उनले अपील समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?