Comments Add Comment

ग्लोबल आइएमई बैंक र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबीच सम्झौता

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खु बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता नविकरण भएको छ ।

उक्त सम्झौता पत्रमा त्रिवि, पनिकाका तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंकको तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पत्र अनुरुप त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रिवि अन्तरगतका क्याम्पसहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयबाट शुल्क/रकम जम्मा गर्न मिल्नेछ ।

त्रि.वि.का विद्मार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खुस्थित काउन्टर लगायत नेपालभरका सबै शाखाबाट त्रिविको आम्दानी खातामा जम्मा गर्न मिल्नेछ । यसका साथै उक्त काउण्टरबाट प.नि.का.मा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने/दिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment