Comments Add Comment

सरकार र उखु किसानबीचको वार्ता निष्कर्षविहीन

५ पुस, काठमाडौं । सरकार र उखु किसान बीच संहदरबारमा भएको वार्ता सकिएको छ । तर, आइतबारको वार्तामा कृषकले उठाएका मुद्दामा कुनै सहमति भएको छैन । विगत ८ दिनदेखि काठमाडौं आएर तराईका उखु किसानले चिनी मिलबाट पुरानो बक्यौता भुक्तानी माग्दै आन्दोलन गरिररहेका छन् ।

सोमबार २ बजे पुनः वार्ता गरी आइतबारको बैठक सकिएको छ । वार्तामा आन्दोलनको स्वरुप परिमार्जन गर्न किसान प्रतिनिधि तयार भएका छन् ।

तर, आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिए । भुक्तानी समस्या स्थायी समाधान गर्न उद्योग, कृषि र गृह मन्त्रायसहित किसान प्रतिनिधि सम्मिलित कार्यदल बनाउने सहमति भने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment