Comments Add Comment

संसद विघटन संविधान र प्रजातान्त्रिक मूल्य विपरीत : राप्रपा

५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएको ठहर गरेको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले संविधानले मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन हुने व्यवस्था परिकल्पना नै नगरेको भन्दै सरकारको कदम संविधान विपरीत भएको निश्कर्ष निकालेको हो ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले सत्तारुढ दल नेकपाभित्रको आन्तरिक विवाद र बिग्रहका कारण देश अस्थिरता र अराजकताको भूमरीमा फसेको भन्दै प्रजातान्त्रिक मूल्य मान्यतालाई गम्भीर क्षति पु¥याएको बताएको छ । ‘राप्रपा उक्त असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी निर्णयको विरोध र भर्त्सना गर्दछ’ राप्रपाले भनेको छ ।

मन्त्रिपरिषदको निर्णयको पक्षमा उभिएर राष्ट्रपतिले राष्ट्रप्रमुखको तटस्थ भूमिकालाई विवादास्पद तुल्याएको पनि राप्रपाले बताएको छ । ‘प्रतिनिधिसभा विघटनको पछिल्लो घटनाक्रमले २०६२÷६३ पछि अवलम्बनपछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको छ’ केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा र ध्रुवबहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले राष्ट्रिय मेलमिलापको नीति अनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रुपमा प्रयोग गर्न पनि अपिल गरेको छ ।

हेर्नुहोस् राप्रपाको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment