Comments Add Comment

संसद विघटनको संयुक्त प्रतिवाद गर्ने नेकपासहित तीन दलको निर्णय

५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका छन् ।

नेकपाको पहलमा तीन दलका नेताहरुको बैठक कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।

बैठकले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

यसको विरोध गर्ने र संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय समेत भएको नेकपा प्रवक्ता श्रेष्ठले अनलाइनखबरलाई बताए । उनले भने, ‘भोलि फेरि बैठक बस्ने सहमति भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment