+
+
Shares

अब माछापुच्छ्रे बैंकबाट जेसीबीको सहज फाइनान्सिङ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १८:५५

४ पुस, काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभी उपकरणको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्सले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर सहज फाइनान्सिङका लागि माछापुच्छ्रे बैंक लिमिटेडसँग सहमति गरेको छ । एमएडब्लु अर्थमुभर्सको तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवाल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले सहमतिपत्रमा हस्ताक्षर गरे।

‘हामीलाई विश्वास छ यो सहमतिले हाम्रा ग्राहकलाई सहज फाइनान्सिङमा सहयोग गर्ने विश्वास हामीले लिएका छौं । नेपालभर माछापुच्छ्रे बैंकका १६० वटा शाखाहरु छन् ।यसले निर्माण कार्यमा संलग्न देशभरका ग्राहकलाई जेसीबीको फाइनान्सिङ गर्न सहज गर्ने छ,’ एमएडब्लु अर्थमुभर्सका भाइस प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले भने, ‘अहिलेसम्म हामीले ७ वटा बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरिसकेका छौं ।’

एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले जेसीबीको केन्द्रमा सधैं आफ्नो ग्राहकवर्ग रहने बताए । ‘यो नयाँ सम्झौताले ग्राहकलाई सहज बनाउनुका साथै देश विकासमा पनि मद्दत पुर्‍याउनेमा हामी विश्वस्त छौं,’ उनले भने, ‘हामी हेभी उपकरणको क्षेत्रमा विश्वासिलो ब्रान्ड हौं र त्यसैले त नेपालको अर्थमुभिङ तथा निर्माण उपकरणमा हाम्रो बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?