+
+
Shares

नेकपाका दुवै पक्षले बोलाए आफू निकट सांसदहरूको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते ८:५८

६ पुस, काठमाडौं । पार्टी विभाजनको संघारमा पुगेको बेला नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग-अलग बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड-माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरूको बैठक बोलाएका हुन् ।

ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन एसएमएस पठाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफू निकट सांसदहरूलाई ब्रिफिङ गर्न बैठक बोलाएको बुझिएको छ । ओली निकटका एक सांसदले भने, ‘संसद विघटन गर्नु बाध्यात्मक परिस्थिति थियो भनेर औचित्य पुष्टि गर्न हामीलाई बोलाइएको हुन सक्छ ।’

प्रतिनिधि सभामा नेकपाका १७४ सांसदहरूमध्ये हाल १७३ सांसदहरू छन् ।

विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रचण्ड-माधव नेपाल पक्षले संकलन गरेको सांसदहरुको हस्ताक्षरलाई आधार मान्ने हो भने संसदीय दलमा ओली अल्पमतमा छन् ।

प्रचण्ड-नेपाल पक्षले करिब ९० सांसदहरूको हस्ताक्षर संकलन गरेका थिए । यद्यपि ओली पक्षले त्यो हस्ताक्षर संकलन गत असारमा अर्कै प्रयोजनका लागि गरिएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?